शुक्रबार, भदौ ५, २०८३

ओलीसहितको महाधिवेशन अध्यक्षमण्डलमा भीम रावल पनि

नेकपा एमालेले पार्टीको १० औं महाधिवेशनका लागि अध्यक्षमण्डलको गठन गरेको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं- नेकपा एमालेले पार्टीको १० औं महाधिवेशनका लागि अध्यक्षमण्डलको गठन गरेको छ। 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको स्थायी कमिटी बैठकले चितवनमा मंसिर १० देखि हुन लागेको पार्टीको १० औं महाधिवेशनका लागि अध्यक्षमण्डल बनाएको छ।

उक्त अध्यक्षमण्डलमा केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्षमण्डल गठन गरेको हो। अध्यक्षमण्डलमा ११ जना रहेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन्। 

उनका अनुसार अध्यक्षमण्डलमा उपाध्यक्षहरु भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य छन्। यसअघि असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा रावललाई अध्यक्षमण्डलमा राखिएको थिएन। 

त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' पनि अध्यक्षमण्डका सदस्यहरु छन्। त्यसैगरी स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटालाई पनि अध्यक्षमण्डलमा राखिएको जनाइएको छ। 

एमालेको अध्यक्षका लागि हालसम्म उपाध्यक्ष भीम रावलले मात्रै उम्मेदवारी घोषणा गरेका छन्। 

प्रकाशित: Nov 23, 2021| 18:52 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...