शुक्रबार, भदौ ५, २०८३

नओर्लिएको ओली अहम्!

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १० औं महाधिवेशन आउन तीन दिन मात्रै बाँकी छ। चितवनको नारायणी नदी किनारमा एमाले महाधिवेशनका लागि दुई तले भव्य मञ्‍च बनाउने काम अन्तिम चरणमा रहेको महाधिवेशन आयोजक कमिटीले जनाएको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी दल  नेकपा (एमाले)को १० औं महाधिवेशन आउन तीन दिन मात्रै बाँकी छ। चितवनको नारायणी नदी किनारमा एमाले महाधिवेशनका लागि दुई तले भव्य मञ्‍च बनाउने काम अन्तिम चरणमा रहेको महाधिवेशन आयोजक कमिटीले जनाएको छ। 

गत असोज १५ देखि १७ मा विधान महाधिवेशन गरेको नेकपा एमालेले केपी शर्मा ओलीलाई शक्तिशाली बनाउने निर्विकल्प पार्टी अध्यक्षको रुपमा प्रस्तुत गरेको छ। विधान महाधिवेशनमा विवादित विषयलाई पछि टुंग्याउने भन्दै फरक मतलाई अस्वीकार गरिएको थियो। एमालेले ओलीको 'जयजयकार' गरेर विधान महाधिवेशन सकेको करिब दुई महिनामा १० औं महाधिवेशन गर्न लागेको हो। 

विधान महाधिवेशनलाई सन् २०१७ मा भएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १९ औं राष्ट्रिय सम्मेलनसँग पनि तुलना गरिएको थियो। विधान महाधिवेशनस्थलको डेकोरेसन र मञ्‍चको सजावट सीपीसीको राष्ट्रिय सम्मेलनसँग मिल्दो भएको भन्दै विभिन्‍न टिप्पणी गरिएका थिए।

ओलीले आफूलाई शक्तिशाली देखाउनका लागि सम्पूर्ण शक्तिको प्रयोग गरेका थिए। पार्टीमा परेको चीरालाई ढाकछोप गर्नका लागि जतिसक्दो बढी मानिसहरुको उपस्थिति गराइएको थियो। महाधिवेशनस्थलमा राखिएका ओलीका डमी र पानीका बोतलमा समेत ओलीको तस्बिर टाँस्‍नुले ओलीले आफूलाई पार्टीमा 'देवत्वकरण' का रुपमा प्रस्तुत गर्न चाहेको स्पष्ट हुन्थ्यो। 

अरु पार्टीहरुले बोलाउने आमसभामा भन्दा बढी मानिस त हाम्रो गोदावरीको विधान महाधिवेशनमा नै सहभागी थिए। यो त नेतृत्व चयनको महाधिवेशन हो। 

नोभेम्बर १२ मा सम्पन्‍न सीपीसीको छैटौं पूर्ण बैठकले सी जिन पिङलाई 'ईश्‍वर'को प्रस्तुत गर्न खोजेको, माओ जेदोङ र देङ सियोपिङको स्थानमा राख्‍न खोजेको भन्दै आलोचना भएको थियो। त्यही शैलीमा ओलीले आफूलाई आगामी महाधिवेशनबाट पुष्पलाल र मदन भण्डारीको उचाइमा पुर्‍याउन आंकाक्षा राखेको देखिएको छ। 

सीपीसीका संस्थापक माओले जीवनको उत्तरार्धमा भनेका थिए, 'पार्टी नेतृत्वले आफ्नो व्यक्तित्वलाई यसरी विकास गर्नुस् कि कार्यकर्ताहरुमा 'भगवान्' जस्तो छाप परोस्।' माओले कार्यकर्ताले महसुस हुने गरी काम गर्न र छाप बनाउन सन्देश दिएका थिए। तर, पछिल्लो समय सीपीसीका महासचिव सीमाथि आफूलाई जबरजस्ती भगवान् बनाउन खोजेको आरोप लागेको छ।

त्यही शैली पछ्याउन खोजेका एमाले अध्यक्ष ओलीले पनि आफूलाई जबरजस्ती देवत्वकरण गर्न खोजिरहेका छन्। यसको पछिल्लो उदाहरण ओली र ओली समूहको आलोचना गर्ने र फरक मत राख्‍ने  कार्यकर्तालाई महाधिवेशन प्रतिनिधि छनोट नगर्नु हो।

महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओलीले दिएका अभिव्यक्तिबाट उनलाई शक्ति प्रदर्शनको निकै भोक लागेको स्पष्ट हुन्थ्यो। अध्यक्ष ओलीले भने, 'नेपालका सवारीसाधनले बोक्न सक्ने जति मानिस त्यहाँ (चितवन) आउनेछन्। पैदल नै हिँडेर पुग्‍ने ठाउँका मान्छे पनि सबै जान्छन्। सार्वजनिक सानाठूला सबै बसले बोक्न सक्ने जति उपस्थिति त्यहाँ हुनेछ। जनसहभागिताको कमी हुनेछैन। सवारीसाधनले सहभागितालाई सीमित गर्ने मात्र हो। सार्वजनिक सवारीको अधिकतम सीमामा मानिसहरू सहभागी हुनेछन्।'

एमाले महाधिवेशनबारे अध्यक्ष केपी शर्मा ओलीको सम्पादकहरुसँगको अन्तर्क्रिया।

यो अभिव्यक्तिमा पार्टी अध्यक्ष ओलीको अहम्को सीमा कति हो भन्‍ने कुरा स्पष्ट झल्किएको छ। नेपालमा कति सवारीसाधन छन् र उनीहरुको क्षमता भने उनलाई जानकारी छैन। न कुनै तथ्यतथ्यांक, न त ती सवारीसाधनलाई एमालेका कार्यकर्ता बोकाउने कुनै स्पष्ट योजना। तर पनि पार्टी अध्यक्ष ओलीले महाधिवेशनको दिन अन्य सबै सेवाहरु ठप्प पार्ने किसिमले सबै सवारीसाधनहरु एमाले कार्यकर्तामा व्यस्त हुने आशयको अभिव्यक्ति दिए। 

उनले थपे, 'नेपालका सवारीसाधनको क्षमता कति छ ठ्याक्कै थाहा छैन। हाम्रो कार्यक्रममा त १० लाख, १५ लाख मानिस नै सहभागी हुन चाहन्छन्। तर, पाँच लाखसम्म नेपालका सार्वजनिक सवारीको क्षमता हुनसक्ने अनुमानका आधारमा पाँच लाखलाई चितवनमा व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ।' 

अहम्ताको पट्टी पार्टी अध्यक्ष ओलीको आँखामा यसरी बाँधिएको छ कि उनी अरु राजनीतिक दललाई नगण्य रुपमा लिन्छन्। भन्छन्, 'अरु पार्टीहरुले बोलाउने आमसभामा भन्दा बढी मानिस त हाम्रो गोदावरीको विधान महाधिवेशनमा नै सहभागी थिए। यो त नेतृत्व चयनको महाधिवेशन हो। यसमा हालसम्म कुनै पनि राजनीतिक दलले उपस्थिति गराउन नसकेको सहभागीहरुको उपस्थिति हुनेछ।' 

'महाधिवेशनमा करिब ८ करोड जति खर्च होला। त्यसलाई अस्वाभाविक मान्‍नु हुँदैन। खर्च हुन्छ त के भयो?'

पार्टीको नीति र एजेण्डाका विषयमा भने ओली खासै बोल्‍न चाहेनन्। भने, 'पार्टीको नीति र एजेण्डा के हुने भन्‍ने विषय यसअघि विधान महाधिवेशनबाट नै टुंगो लागिसकेका कारण यो ती विधि, नीति र सिद्धान्त कार्यान्वयनको जिम्मा कसलाई दिने भन्‍ने विषयमा केन्द्रित हुनेछ।' 

अनुत्पादक खर्च पनि स्वाभाविक

सरकार तथा पार्टी सञ्‍चालनमा मितव्ययी हुनुपर्ने भन्दै प्रचार गर्ने केपी ओलीको बोली महाधिवेशनको सम्मुखमा फेरिएको छ। महाधिवेशनमा हुने अनुत्पादक खर्चलाई उनले स्वाभाविक ठान्छन्। 'महाधिवेशनमा करिब ८ करोड जति खर्च होला। त्यसलाई अस्वाभाविक मान्‍नु हुँदैन,' उनी उल्टै प्रश्‍न गर्छन्, 'खर्च हुन्छ त के भयो?'

आफूलाई राष्ट्रवादी कित्तामा उभ्याउने ओलीले मञ्‍च व्यवस्थापनको जिम्मा भारतीयहरुलाई दिएको भन्‍ने प्रश्‍नको निकै गैरजिम्मेवार जवाफ दिए। भने, 'मञ्‍च त बनाउनुपर्‍यो। अब ती मञ्‍च बनाउनेहरुको नागरिकता कहाँको हो भनेर मैले सोधेको छैन।' 

पाँच लाख जनताले हेर्न मिल्‍ने विशाल मञ्‍च बनाउन लागिएको दोहोर्‍याउँदै उनले भने, 'सबै केन्द्रीय कमिटीका सदस्यहरु, अर्केस्ट्रा र कलाकारहरु अटाउने किसिमको विशाल मञ्‍च त बनाउनु पर्‍यो। नभाँचिने हुनुपर्‍यो। त्यसका लागि खर्च लाग्छ, त्यो अनुत्पादक हुन्छ त? कहिलेकाहीँ अनुत्पादक पनि गर्नुपर्छ।'

खर्चको व्यवस्थापन संगठित कार्यकर्ताहरुबाट संकलन गरिएको उनले बताए। आठ लाख ५५ हजार ४५३ संगठित सदस्यहरुबाट कम्तीमा सय रुपैयाँ र सक्नेले बढी नै दिने गरी रकम संकलन गरेको उनले जानकारी गराए।

प्रकाशित: Nov 23, 2021| 20:26 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...