बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • अवैध अधिवेशनमार्फत ठेकेदारलाई सभापति बनाएको भन्दै डडेल्धुरामा विरोध प्रदर्शन

अवैध अधिवेशनमार्फत ठेकेदारलाई सभापति बनाएको भन्दै डडेल्धुरामा विरोध प्रदर्शन

प्रधानमन्त्रीसमेत रहेका नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका अवैधरुपमा अधिवेशन गराएर ठेकेदारलाई सभापति चयन गरेको भन्दै विरोध प्रदर्शन गरिएको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

डडेल्धुरा- प्रधानमन्त्रीसमेत रहेका नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका अवैधरुपमा अधिवेशन गराएर ठेकेदारलाई सभापति चयन गरेको भन्दै विरोध प्रदर्शन गरिएको छ। 

National life

डडेल्धुरामा सोमबार जिल्ला अधिवेशन भएको थियो। अधिवेशनबाट परशुराम नगरपालिकाका नगर प्रमुखसमेत रहेका ठेकेदार भीमबहादुर साउद सभापति बनेका छन्। पैसाको आडमा राजनीतिक गरेको र राजनीतिक पहुँचको आधारमा विभिन्‍न ठाउँमा ठेक्का लिएर काम अलपत्र पार्ने व्यक्तिलाई जिल्ला सभापति बनाएको भन्दै विरोध प्रदर्शन गरिएको छ।

डडेल्धुरामा साउदलाई सभापति बनाउनका लागि विरोधीहरुको क्रियाशील सदस्यता नै काटि दिएपछि विवाद सुरु भएको थियो। उक्त विवादका बीच निर्वतमान जिल्ला सभापति कर्ण मल्ला समूहलाई बाइपास गर्दे प्रहरीको घेराभित्र वडा अधिवेशन गराइएको थियो। 


सबै प्रक्रियाहरु मिचेर वडा सभापति र जिल्ला सभापतिको अनुपस्थितिमा जिल्ला अधिवेशन गराएको र पार्टीलाई ठेकेदारको जिम्मा लगाएको भन्दै मंगलबार जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली निकालेको हो।

Shivam cement

मल्ल पक्षका नेता कार्यकर्ताले कालो झण्डासहित ठेकेदार साउँद र केन्द्रीय सभापति देउवाविरुद्ध चर्का नारा लगाउँदै मोटरसाइकल र्‍याली निकालेका हुन्। 

निवर्तमान सभापति मल्लले जिल्लामा भएका सबै अधिवेशन अवैध भएको दाबी गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दर्ता गराइसकेका छन्। सभापति मल्ललगायत नेता कार्यकर्ता मंसिर १ गतेदेखि राजधानी काठमाडौंस्थित कांग्रेसको मुख्यालय सानेपामा अनसन बसिरहेका छन्। 


प्रकाशित: Nov 23, 2021| 19:05 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।