शनिबार, चैत ७, २०८२

जापान र अस्ट्रेलिया जाने विद्यार्थीलाई पूर्वतयारीका साथ जान इक्यानको आग्रह

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जापान र अस्ट्रेलियाको बोर्डर खुलेसँगै नेपाली विद्यार्थी अध्ययनका लागि जान पाउने जनाएको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जापान र अस्ट्रेलियाको बोर्डर खुलेसँगै नेपाली विद्यार्थी अध्ययनका लागि जान पाउने जनाएको छ। 

National life

इक्यानले सीमा बन्द हुँदा अस्ट्रेलिया र जापानका विश्वविद्यालयमा भर्ना भएर पनि भौतिक रुपमा पढ्न जान नपाएका विद्यार्थी सीमा खुलेसँगै जान पाउने भएको जनाएको हो। 

जापानले यही गएको नोभेम्बर ८ देखि नै पर्यटक भिसाबाहेक अन्य भिसाका लागि सीमा खुल्ला भएको निणर्य गरेको थियो भने अस्ट्रेलियाले आउँदो डिसेम्बर १ बाट विदेशी विद्यार्थीलगायत अन्य वर्गका यात्रुलाई बोर्डर खुल्ला गर्ने निणर्य गरेको छ।

इक्यानले विदेश जाने विद्यार्थी र पठाउने अभिभावकले आवश्यक तयारी थाल्न आग्रह गरेको हो। इक्यानका अध्यक्ष प्रकाश पाण्डेले भिसा पाएर पनि नेपालमै बसेर अनलाइन माध्यमबाट पढ्न बाध्य भएका विद्यार्थी यो निणर्यसंगै जान पाउने र अध्ययनका लागि जान चाहने विद्यार्थीलाई अव सहज वातावरण भएकाले पूर्वतयारी गर्नुपर्ने बताए।

जापान सरकारले जापानका विभिन्‍न विश्वविद्यालय र स्कूलमा अध्ययनका लागि जान चाहने सन् २०२० को अप्रिलदेखि २०२१ को अप्रिलसम्म सीओई प्राप्त गरी शुल्क बुझाएर बसेका विद्यार्थीले आउँदो यही नोभेम्बर, डिसेम्बर र जनवरीमा प्रवेश अनुमति दिने, २०२१ को अप्रिल, जुलाई र अक्टोबरका विद्यार्थीलाई जापान जान आउँदो जनवरीपछि सुचना जारी गर्ने इक्यानले विज्ञप्तिमा उल्लेख गरेको छ।

Laxmi sunrise bank
kumari

यस्तै सन् २०२० जनवरीदेखि २०२१ मार्च सम्म सिओई प्राप्त विद्यार्थीलाई सन् २०२२ मा जापानमा प्रवेश दिने जनाएको छ। अस्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीले भ्याक्सिन लगाएको हुनुपर्ने, यात्रा गर्न चहने व्यक्तीको भिसा सबक्लासेस अन्तर्गत योग्यता पुगेको भ्यालिड भिसा हुनुपर्ने, यात्रुले कोभिडविरुद्धको खोप लगाएको प्रमाण पेश गर्नुपर्ने, यात्रुहरुले प्रस्थान गरेको तीन दिनभित्रमा कोभिड परीक्षण गरी पोजेटिभ वा नेगेटिभ आएको रिपोर्ट पेशा गर्नुपर्ने, पोजेटिभ आएमा अस्ट्रेलियाको केन्द्र तथा राज्य सरकारले निर्धारण गरेका क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ। विद्याथीहरुलाई हवाई टिकटमा समस्या भएमा ईक्यानले सहजीकरण गर्ने जनाएको छ।

प्रकाशित: Nov 23, 2021| 18:45 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्