शुक्रबार, कात्तिक २८, २०८२

कांग्रेस महाधिवेशन : पाल्पाका २ क्षेत्रमा पौडेल समूह विजयी

क्षेत्र नं २ को सभापतिमा मुक्तिराम जिसी ४६० ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी देउवा पक्षका यादव सिंह कार्कीले २ सय १४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

विनोद परियार

विनोद परियार

मंगलबार, मंसिर ७, २०७८

बुटवल– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा पाल्पामा संस्थापन इतर समूह विजयी भएको छ। संस्थापन देउवा र संस्थापन इतर पौडेल समूहमा विभाजित भएर प्यानल बनाएर चुनाव भएको थियो।  दुईवटा संघीय (प्रतिनिधि) निर्वाचन क्षेत्र रहेको पाल्पामा पौडेल पक्षबाट वीर बहादुर राना र देउवा पक्षबाट पूर्व सांसद हरी नेपाल पक्षका उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका थिए।  

National life

क्षेत्र नं २ को सभापतिमा मुक्तिराम जिसी ४६० ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी देउवा पक्षका यादव सिंह कार्कीले २ सय १४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। 

यस्तै अन्य पदाधिकारीहरु भने निर्विरोध भएका छन्। यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ वीरबहादुर राना – ५४४, हिमाल दत्त श्रेष्ठ – ५२३, राम कार्की – ५१४, सुनिता अधिकारी – ४९८, कृष्ण प्रसाद बस्याल–४९०, शान्ता बोहोरा –४८६, मेजर सिंह केसि – ४७३ मत ल्याएर विजयी भएका छन् यस्तै धनकला गाहा –४५३, लालकुमारी राना – ४३८, शंकर रायमाझी–४३०, विधान प्रसाद श्रेष्ठ – ४२४, यमलाल तिमिल्सिना – ४२१ र रामेश्वर पन्थी – ३४४ मत प्राप्त गरी विजयी भएका छन्।

महाधिवेशन प्रतिनिधि आदिवासी जनजाति खुलातर्फ राजेन्द्र गोपाल सिंह –५०६, कृष्ण बहादुर राना– ४९०, नल बहादुर राना मगर – ४८५ ल्याएका छन्। यस्तै दलिततर्फ लक्ष्मण हिताङ – ४३७, अल्पसंख्यक तर्फ जमिला मियाँ –४०९ ल्याएर विजयी भएको काँग्रेस निर्वाचन समितिले जनाएको छ।

यस्तै क्षेत्र नं. १ मा क्षेत्रीय सभापतिमा पौडेल समूहकै झमान राज मगर विजयी भएका छन्। उनले ३ सय ४८ मत प्राप्त गर्दा देउवा समूहका विष्णु बमरले ११२ मत प्राप्त गरेका छन्।

Laxmi sunrise bank
kumari

नेविसंघ महामन्त्री र नगरपालिका प्रमुख पराजित 

क्रममा पाल्पाबाट नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुँवर महाधिवेशन प्रतनिधिमिा पराजित भएका छन। रैनादेवी छहरा गाउँपालिकाका प्रमुख रामबहादुर कार्की, रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी आचार्य समेत महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन। तीनै जना संस्थापन पक्ष (देउवा) निकटको रहेको कारण पराजित भएका हुन।  त्यस्तै शिक्षक संघका पूर्ब सभापती लक्ष्मण बस्याल, पूर्व केन्द्रीय संसद पदका उम्मेदवार विजय घिमिरे पाल्पा १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। 

प्रकाशित: Nov 23, 2021| 19:52 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।