शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन : खेलकुदमन्त्री गहतराज

वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन : खेलकुदमन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताएका छन्।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताएका छन्। सोमबार अन्तराष्ट्रिय पदक विजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडीबिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले बजेटमा खेल क्षेत्रलाई उपेक्षा गरिएको बताएका हुन्। 

National life

युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालयकै सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले मन्त्रालयको स्तर उकास्न अपरिहार्य रहेको उल्लेख गरे। राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई पहिचान गराउने खेलाडी र समग्र खेल क्षेत्रकालागि राज्यले  न्युन मात्रामा बजेटको ब्यवस्था गरेको प्रति असन्तुष्टि ब्यक्त गर्दै अथकले बजेटको दायरालाई फराकिलो बनाउनुपर्ने बताए। 

खेल क्षेत्रमै आफ्नो उर्जावान समय बिताएका खेलाडीहरुलाई राज्यले उचित ब्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै मन्त्री गहतराजले भने, 'राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पदक जित्न सफल हालसम्मका सबै खेलाडीहरुको उचित ब्यवस्थापनकालागि गहन छलफल गरीरहेका छौं।' 

आफूले मन्त्रालय सम्हाले लगत्तै खेलाडीहरुको ब्यवस्थापनकालागि बिभिन्न चरणमा छलफल चलाएको उल्लेख गर्दै खेल क्षेत्रको विकासकालागि निजि क्षेत्रको लगानी बढाउन राज्यले विश्वासको वातावरण सृजना गर्नुपर्ने उनको भनाई थियो। विभागीय टिमले नेपालमा खेलाडी उत्पादन तथा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै मन्त्री अथकले प्रशंसा गरेका थिए। 

५० बढि खेलाडीहरुको सहभागीता रहेको कार्यक्रममा विभागिय टिम (नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाल आर्मि) तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले हालसम्म गरेका खेलकुद गतिविधि र उपलब्धिहरुका बारेमा रिपोर्टिङ गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 23, 2021| 20:13 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।