आइतबार, असार २१, २०८३

डबल्सतर्फ फाइनल समीकरण पूरा

काठमाडौं एसियन यू–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को केटा डबल्सको दुवै स्पर्धामा मंगलबार फाइनल समीकरण पूरा भएको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं- काठमाडौं एसियन यू–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को केटा डबल्सको दुवै स्पर्धामा मंगलबार फाइनल समीकरण पूरा भएको छ।

ब्वाइज् डबल्समा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले नेपालका बोरिस अधिकारी र निसाद जोशीको जोडीलाई ७–६ (४), ४–६ र १०–४ तथा नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडीले नेपालका श्लोककेशर खड्का र पाकिस्तानका अमिर मुहम्मद खान मजारीको जोडीलाई ६–३ र ६–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

गर्ल्स डबल्समा नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीले नेपालका शिभाली गुरुङ र प्राज्ना मानन्धरको जोडीलाई ६–१ र ६–४ तथा सर्किट– १ का च्याम्पियन नेपालका सुनिरा थापा र प्रशंसा मोक्तानको जोडीले नेपालकी कृषा अधिकारी र अमेरिकाकी नाला जोस्फिन मास्केको जोडीलाई ६–० र ६–१ को सोझो सेटमा हराउदै फाइनलमा पुगे।

सिंगल्समा भने सेमिफाइनल समीकरण तयार भयो। ब्वाइज् सिंगल्समा पाकिस्तानका अमिर मुहम्मद खान मजारीले नेपालका श्लोककेशर खड्कालाई ६–१ र ७–६ (६), सर्किट– १ का विजेता सक्षमविक्रम शाहले नेपालका बोरिस अधिकारीलाई ६–१ र ६–२, भारतका सिद्धार्थ जिबुले नेपालका निसाद जोशीलाई ३–६, ६–१ र ६–२ तथा नेपालका दर्शिल श्रेष्ठले नेपालका श्रीयोग अधिकारीलाई ७–५ र ६–१ ले पाखा लगाउदै सेमिफाइनलमा पुगे।

त्यसै स्पर्धाको गल्र्समा सर्किट– १ की स्वर्णधारी नेपालकी सुनिरा थापाले नेपालकी जेनी खड्कालाई ६–३ र ६–३, नेपालकी आध्या पौडेलले नेपालकी प्राज्ना मानन्धरलाई ६–० र ६–३, नेपालकी प्रशंसा मोक्तानले नेपालकी मान्सा कँडेललाई ६–० र ६–२ तथा अमेरिकाकी नाला जोस्फिन मास्केले नेपालकी कृषा अधिकारीलाई ३–६, ७–६ (४) र ६–१ ले पन्छ्याउदै सेमिफाइलनमा स्थान पक्का गरे।

प्रकाशित: Nov 23, 2021| 20:27 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।