आइतबार, वैशाख ७, २०८२

किन विशेष बन्दैछ यो वर्षको सहिद स्मारक 'ए' डिभिजन लिग?

सुपर लिगको प्रभाव ए डिभिजन लिगमा पनि परेको छ। जसकारण प्रतिस्पर्धाको स्तर पनि बढेको छ।
 |  मंगलबार, मंसिर ७, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, मंसिर ७, २०७८

vianetvianet

काठमाडौं– सोमबार राति सहिद स्मारक ए डिभिजन लिगको पहिलो चरणका खेल सकिए। मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) बीच सम्पन्न पहिलो चरणको अन्तिम खेल हेर्न दशरथ रंगशालामा करिब ३ हजार दर्शकको उपस्थिति थियो।

triton college

लिगमा यो निकै धेरै संख्या हो। पछिल्लो सिजनको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब खेल्दा पनि ३ हजार दर्शक उपस्थित थिए। यो वर्ष भने पहिलो चरणमै ठूलो संख्यामा दर्शक खेल हेर्न आएका छन्। त्यस्तै, यो चरणमा ललितपुर डर्बी च्यासल युथ क्लब र थ्रिस्टार क्लबबीचको खेलमा पनि ठूलो संख्यामा दर्शकको उपस्थिति रह्यो। त्यसले पनि २०७८ को सिजनको लिग थप रोमाञ्चक र विशेष बनेको छ। अहिलेसम्म करिब १२ हजार दर्शक ए डिभिजन लिग हेर्न दशरथ रंगशाला पुगिसकेका छन्।

फेरिएका मछिन्द्र र एनआरटी

दुई सिजनअघि एनआरटी क्लब लिग तालिकाको पुछारमा थियो भने मछिन्द्र पुछारबाट दोस्रो स्थानमा। त्यो सिजनमा रेलिगेसनको व्यवस्था नभएका कारण दुवै टिम बी डिभिजनमा झर्नबाट बचेका थिए। रेलिगेसन हुन्थ्यो भने दुवै टिमलाई शीर्ष डिभिजनमा देख्न पाइने थिएन।

तर सोमबार राति उनीहरुले जसरी प्रतिस्पर्धा गरे, त्यसले दुई वर्षअघिको उनीहरुको त्यो स्थान बिर्सन बाध्य बनाउँछ। यो सिजनको लिगमा होमिँदा दुवै टिम उपाधिका लागि भिडिरहेका छन्। सोमबार राति मछिन्द्रले एनआरटीलाई २–१ गोलले हरायो। आफ्नो टिमले हारे पनि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य असन्तुष्ट देखिएनन्।

National life insurance

किनभने पेपरमा सबैभन्दा बलियो देखिएको टिमसँग एनआरटीले ९० मिनेट नै टक्कर दिएर खेलेको थियो। त्यसैले पहिलो चरणको सबैभन्दा बलियो खेल नै त्यो भयो। त्यसैले नेपाली फुटबलको नयाँ शक्तिकेन्द्र बन्ने प्रयासमा मछिन्द्र उदाइरहेको छ भने एनआरटी पनि क्लबसमिपमा रहेको रंगशालामा आफू राजा हुन चाहन्छ।

नेपाल सुपर लिगको प्रभाव

गएको जेठमा नेपालमा पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) आयोजना भएको थियो। देशभरका छ सहरका छ टिमको सहभागिता रहेको त्यो प्रतियोगिता निकै सानदार र भव्यताका साथ सम्पन्न भयो। ‘लगानी गर्ने हो भने नेपाली फुटबलको स्तर पनि राम्रो छ’ नेपाल सुपर लिगबाट सबै टिमले पाएको ज्ञान पनि यही नै हो। सुपर लिगका धेरैजस्तो प्रशिक्षक ए डिभिजन लिगका नै थिए। खेलाडी त लगभग सबै त्यही नै छन्।

सुपर लिगको प्रभाव ए डिभिजन लिगमा पनि परेको छ। जसकारण प्रतिस्पर्धाको स्तर पनि बढेको छ। सो लिगबाट चम्किएका नयाँ खेलाडी पनि लिगमा छन्। त्यहाँबाट आयुष घलान, सुरजज्यु ठकुरी, मनिष डाँगीगयतका खेलाडीले चर्चा कमाएका थिए।

सुपर लिगमा चम्किएका मेसुको ओलुमेउ र स्टेफेन समिर विनोङलाई अहिले एनआरटीले अनुबन्ध गरेको छ। त्यस्तै, सुपर लिगमा नेपाल आएका नुर्लान नोभ्रुजोभलाई अहिले मछिन्द्र क्लबले अनुबन्ध गरेको छ।

सुपर लिगको प्रभाव ए डिभिजन लिगमा पनि परेको छ। जसकारण प्रतिस्पर्धाको स्तर पनि बढेको छ। 

पहिला नेपालमा अफ्रिकन खेलाडी मात्र आउने गरेका थिए। तर सुपर लिगमा स्पेन, क्रोएसियाका खेलाडी आएपछि अहिलेको लिगमा पनि केही नयाँ गर्न खोजिएको छ। त्यसैक्रममा इटालीको एटलान्टा एकेडेमीमा खेल्ने विकास मेराग्लियालाई च्यासलले अनुबन्ध गरेर खेलाएको छ।

त्यस्तै एपीएफ क्लबले पनि स्पेनको मड्रिडमा खेल्दै आएका आवास लामिछानेलाई अनुबन्ध गराएर खेलाइरहेको छ। विदेशमा स्तरीय फुटबल सिकिरहेका नेपाली खेलाडीलाई खोज्ने र स्वदेश फर्काउने प्रयास यो लिगमा क्लबहरुले गरेका छन्।

अंकतालिका 

अहिले पहिलो चरणको खेलमात्र सकिएको छ। अहिलेकै अंकतालिकाको विश्लेषण निकै छिटो हुन्छ। तर चार टिमको जितले केही अनुमान लगाउन भने सकिन्छ। सानदार जितसहित थ्रिस्टार, मछिन्द्र, मनाङ मर्स्याङ्दी र ब्रिगेड बोइज शीर्ष चारमा छन्। अर्को बलियो टिम आर्मीले भने विभागीय डर्बीसँग बराबरी खेलेको छ। यो त अंकतालिका भयो। तर प्रतिस्पर्धाका हिसाबले पहिलो चरणका तीन खेल महत्वपूर्ण रहे। त्यो हो च्यासल– थ्रिस्टर, आर्मी–पुलिस र मछिन्द्र र एनआरटी।

अहिलेसम्म लिगका ७ खेलमा १६ गोल भएका छन्। त्यसमध्ये एक खेल मात्र गोलरहित बराबरी भएको छ। लिगमा तीन खेल बराबरीमा रोकिँदा बाँकी चार खेलमा हारजित भएको छ। 

लिगमा अहिले सुनिल बल र दिनेश राईले समान २–२ गोल गरेका छन्। समान १–१ गोल गर्नेमा एरिक विष्ट, विवेक बस्नेत, सन्तोष हेमरन, त्रिदेव गुरुङ, लक्ष्मण रुचाल, दिनेश राजवंशी, सुरज गुरुङ, आशिष लामा, विकी तामाङ, अनन्त तामाङ, निशान खड्का र राफेल रिम छन्। पहिलो चरणमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबले भने गोल गर्न सकेनन्।

लिगमा उपाधि दावेदार मछिन्द्रले भने ठूलो संख्यामा फरवार्डलाई स्थान दिएको छ। त्यसैले उसका फरवार्डले अन्य फरवार्डको तुलनामा कम अवसर पाउने भने पक्का छ।

पेचिलो उपाधि र रेलिगेसन ब्याटल

कतिपय टिमले त लिग सुरु हुनुअघि नै एकमात्र लक्ष्य रेलिगेसनबाट बँच्नु रहेका बताएका छन्। अहिले फ्रेन्ड्स, सातदोबाटो, एपीएफ, जावलाखेल, च्लासल लगायतको टिमलाई रेलिगेसनबाट बच्नु नै मुख्य उपलब्धि हो।

जसरी उपाधिका लागि ठूलो प्रतिस्पर्धा हुन्छ, यो सिजन रेलिगेसनबाट बच्न उत्तिकै स्पर्धा  हुनेछ। १४ क्लबमध्ये पुछारमा रहने २ टिम रेलिगेट हुनेछन्। त्यसैले ती टिम रेलिगेसनबाट बच्नु नै मुख्य उपलब्धि हुनेछ।

यता उपाधिका लागि मछिन्द्र क्लबसहित, मनाङ मर्स्याङ्दी, आर्मी र थ्रिस्टार क्लब प्रतिस्पर्धामा छन्। ती सबै क्लबले लिगमा सानदार सुरुआत गरिसकेका छन्। अब दोस्रो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मीले मछिन्द्र क्लबसँग खेल्दैछ। ती दुई साविक विजेता र उपविजेता हुन्। त्यसैले त्यो खेलले उपाधि दावेदार अनुमान गर्नका मार्ग निर्देशन गर्नेछ। लिगमा पुरस्कार रकम पनि बढेर ७५ लाख पुगिसकेको छ। त्यसले गर्दा क्लबलाई उपाधि जित्न थप महत्वांक्षी बनाएको छ। नेपाली फुटबलमा यो निकै ठूलो पुरस्कार हो।

त्यस्तै, यो सिजनमा नयाँ प्रशिक्षकका नयाँ रणनीति पनि देख्न पाइनेछ। त्यो किनभने हिमालयन शेर्पा क्लब र संकटा क्लबका प्रशिक्षक छन् युगल किशोर राई र विष्णु गुरुङ। ए डिभिजनमा उनीहरुको यो डेब्यु सिजन हो। यता राजेन्द्र तामाङ पनि मनाङ फर्किएका छन्।

आर्मीका प्रशिक्षक नविन न्यौपाने बिरामी भएपछि टिम सहायक प्रशिक्षक राजु तामाङले सम्हालिरहेका छन्। टिमको सबै महत्वपूर्ण जिम्मेवारी राजु तामाङले नै हेरिरहेका छन्। नेपाल सुपर लिगमा ललितपुर सिटीको प्रशिक्षक बनेर चर्चासमेत कमाएका तामाङको साथमा आर्मीको खेल हर्न लायक रहनेछ।

प्रकाशित: Nov 23, 2021| 17:55 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।