शनिबार, चैत ७, २०८२

शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको प्रणाली नै कमजोर बन्छ : प्रचण्ड

मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका हुन्।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन्। मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका हुन्। 

National life

नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरुले नै गरेको भन्दै उनले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको उल्लेख गरे। शिक्षकहरुलाई प्राविधिक रुपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइने पनि उनको भनाइ थियो। 

‘नेपालमा जतिपनि पार्टीहरु छन्। सबै शिक्षकहरुकै योगदानका कारण ती पार्टीहरु छन्। सबभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने र राजनीतिक विचारहरुलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमहरुलाई जनताको विचमा लैजाने शिक्षकहरु नै हुन्,' कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, 'अब शिक्षकहरुले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही हुने छैन। त्यसकारण म त के भन्छु भने शिक्षकहरु अझ सक्रियतापूर्वक समाजसेवामा, सामाजिक रुपान्तरणका काममा, राजनीतिक रुपान्तरणका काममा लाग्नुपर्नेछ। लागेर मात्रै हामी सामाजिक र राजनीतिक रुपान्तरणको महान अभियानमा देशलाई लैजान सकिन्छ। टेक्नीकल्ली तपाईहरुलाई अप्ठ्यारो नपर्नेगरी सक्रियतापूर्वक जनताको बिचमा काम गर्ने वातावरण बनाइन्छ । बनाउनुपर्छ। तपाईँहरु दुविधामा नरहनु होला।’

अध्यक्ष दाहालले शिक्षकहरुलाई राज्यले अन्याय गरेको पनि बताएका थिए। शिक्षकहरुलाई राज्यले विभेदमा पारेका कारण शिक्षकहरुले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उनको भनाइ छ। ‘हामीकहाँ शिक्षक भनेपछि सबभन्दा बढी विभेदमा पारिएको बौद्धिक जमातजस्तो मानिन्छ। यो नेगेटिभ कुरा हो, यसलाई हामीले पोजेटिभमा बदल्नु छ। तर यो नेगेटिभ भित्रको हामीलाई पोजेटिभ के भयो भने त्यसै भएको हुनाले शिक्षक मजदुर, किसानसँग एकाकार भएर मजदुर किसानको आन्दोलनलाई साथ दिने, राजनीतिक क्रान्तिलाई साथ दिने हुन गएको कारणपनि त्यही हो। नत्र अमेरिकाको जस्तै शिक्षकहरु तपाईहरु पनि भएको भए के को आन्दोलनकारी हुने? तपाईहरुमाथि राज्यले अन्याय गरेको छ। त्यसकारण तपाईहरु क्रान्तिकारी हुनुभएको। तर सधैँ यही हुनुपर्छ भन्न खोजेको होइन मैले, त्यो चाहि नबुझ्नु होला।’

अध्यक्ष दाहालले अहिले माओवादी केन्द्रको भागमा शिक्षा मन्त्रालय रहेको भन्दै शिक्षकहरुको समस्या समाधानका लागि आफ्नो पार्टीले सक्दो काम गर्ने उल्लेख गरे। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 23, 2021| 18:09 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्