शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • डीभी एजुकेसनले ५ स्थानमा सञ्चालनमा ल्यायो नि:शुल्क शारीरिक व्यायामशाला

डीभी एजुकेसनले ५ स्थानमा सञ्चालनमा ल्यायो नि:शुल्क शारीरिक व्यायामशाला

डिभी एजुकेशनले मंगलबार कोरोना महामारीले प्रभावित भएको समाजलाई केही शारीरिक सचेतनासँगै व्यायामतर्फ आकर्षित गर्न शिक्षासँगसँगै सामुदायिक उत्तरदायित्व निर्वाह स्वरुप व्यायामशाला सञ्‍चालनमा ल्याएको जनाएको हो।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– शिक्षण संस्था सञ्‍चालन गर्दै आएको डिभी एजुकेसनले युवालाई लक्षित गर्दै देशका विभिन्‍न पाँच ठाउँमा सार्वजनिक शारीरिक व्यायामशाला सञ्‍चालमा ल्याएको छ। काठमाडौंको नक्सालमा नेपालकै सबैभन्दा ठूलो खुला व्यायामशाला सञ्‍चालनमा ल्याएको एजुकेसनले काठमाडौंको टोखा, पोखरा, चितवन र विराटनगरमा व्यायामशाला सञ्‍चालनमा ल्याएको हो। थप ५ स्थानमा व्यायामशाला सञ्‍चालनमा ल्याउने भइरहेको इजुकेसनले जानकारी दिएको छ। 

National life

'व्यायामशाला शरीरको प्राथना गर्ने ठाउँ (मन्दिर) हो' भन्‍ने मान्यताका साथ व्यायामशाला सञ्चालन अभियान थालिएको एजुकेसनका प्रबन्ध निर्देशक तरुणप्रताप शाहले जानकारी दिए। एजुकेसनले यो अभियानलाई  ‘प्रोजेक्ट टेम्पल’ नाम दिएको छ।

कोरोना महामारीले प्रभावित भएको समाजलाई केही शारीरिक सचेतनासँगै व्यायामतर्फ आकर्षित गर्न शिक्षासँगसँगै सामुदायिक उत्तरदायित्व निर्वाहका लागि व्यायामशाला सञ्‍चालनमा ल्याइएको डीभी एजुकेसनको भनाइ छ। व्यायामशालाले व्यायाममार्फत् युवामा सकारात्मक सोच र उत्साह थप्‍न सहयोग पुग्‍ने विश्वास डीभीको छ।

व्यायामशालाको उपयोगिता बढ्दै गएको र शारीरिक तन्दुरुस्तीका साथै सकारात्मक सोचलाई प्रोत्साहन गर्नु व्यायामशालाको उद्देश्य रहेको एजुकेसनका प्रबन्ध निर्देशक शाहले बताए। 

‘अहिले पाँच ठाउँमा सञ्‍चालनमा रहेको व्यायामशालालाई देशभरका १० ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौँ। संस्थाले सामाजिक उत्तरदायित्व स्वरुप यो काम अघि बढाएको हो। यो अभियानको उद्देश्य सरकारको खुला व्यायामशाला बनाउने नीतिमा निजी क्षेत्रको सहभागितामार्फत सेवा दिनु पनि हो। हामीले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि व्यायामशाला सहयोगी हुने विश्वास लिएका छौं।’

Laxmi sunrise bank
kumari

डीभी एजुकेसनले ट्रिटन सेकेन्डरी स्कुल, ट्रिटन इन्टरनेसनल कलेज, शुभश्री कलेज र सेफर्ड कलेज सञ्चालन गर्दै आएको छ।

नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी) ले व्यवस्थापन गर्ने गरी डीभी एजुकेसनले गत वर्ष नोभेम्बरमै पहिलो व्यायामशाला काठमाडौंको टोखामा सञ्‍चालनमा ल्याएको थियो।

युवाहरू स्वस्थ भए परिवार, समुदाय स्वस्थ रहन्छ र समग्रमा देश नै स्वस्थ रहन्छ भन्‍ने सोचका साथ सुरु गरिएको यो अभियानले ‘ह्याप्पी एण्ड हेल्थी कम्युनिटी’ को अवधारणामा काम गरिरहेको एजुकेशनले जनाएको छ। 

विशेष गरी युवा लक्षित व्यायामशालामा युवासँगै वृद्धवृद्धाले पनि सेवा लिइरहेको डिभी एजुकेसनले जनाएको छ। युवामा नकारात्मक सोच तथा लागुपदार्थको दुर्व्यसनजस्ता लतमा रहेकालाई त्यसबाट छुट्कारा दिन र त्यो बाटोमा लाग्‍न नदिन खुला व्यायामशालाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा डीभी एजुकेशनको छ।

डीभी एजुकेशनले २२ सय विद्यार्थीको नेटवर्कमार्फत् कुनै न कुनै रुपमा समुदायलाई योगदान दिन यो व्यायामशाला अभियानमा माध्यम बन्‍नसक्ने भएकाले आफ्नो शिक्षण संस्थामा अध्ययनरत र पूर्वविद्यार्थीको प्रत्यक्ष/परोक्ष संलग्‍नता रहेको जनाएको छ।

प्रकाशित: Nov 23, 2021| 21:12 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।