नेपाली कांग्रेस सभापति पदमा उम्मेदवारी दिएका नेता शेखर कोइरालाले विगतका कुरा बिर्सिएर कांग्रेस सुधारका लागि आफूहरूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।
प्रहरीका अनुसार उनले 'टेन्सन ब्रो' नामक युट्ययुब च्यानलमा अश्लील शीर्षक राखेर भिडियो प्रसारण गरेका थिए। तिरुवालाई शुक्रबार राजधानीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जानकारी दिएको छ।
यसअघि ५०९ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर आइतबार एक सभापति र एक महामन्त्रीसहित ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उम्मेदवारको संख्या घटेको हो।
कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी स्वाभिमान लघुवित्तका लगानीकर्ताले २ प्रतिशत कमाएका छन्। उता नयाँ सारथी नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन्।
नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा उम्मेदवार बनेकाहरुले मत माग्न विभिन्न शैली अपनाएका छन्। उम्मेदवारहरुको पर्चा, पम्पलेट र प्रचार सामग्रीका कारण महाधिवेशनस्थल फोहोर बन्दै गइरहेको छ।