बिहीबार, भदौ ४, २०८३

कांग्रेस निर्वाचनमा ३ मतदान केन्द्र, कसले कहाँ गएर हाल्ने भोट?

नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सोमबार हुने निर्वाचनाका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सोमबार हुने निर्वाचनाका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। मतदाताको संख्या र मतपत्रसमेत बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको निर्वाचन समिति मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यले बताए। 

राष्ट्रिय सभा गृहको हलमा पार्टी केन्द्रीय समिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक संघ/संस्था, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। यस्तै भृकुटीमण्डपको पार्किङस्थलमा प्रदेश २ र गण्डकी प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। यस्तै भृकुटीमण्डपको हलमा प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मत खसाल्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ। 

राष्ट्रियसभा गृहमा दुई सय ९३ बुथ, भृकुटीमण्डप पार्किङ स्थलमा दुई सय ९३ बुथ र भृकुटीमण्डपको हलमा ५ सय १४ बुथ राखिने समितिले जनाएको छ। 

मतदानका बिहान ८ बजेदेखि ५ बजेसम्म समय तोकिएको छ।

प्रकाशित: Dec 12, 2021| 15:47 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...