काठमाडौं- युट्युबमा अश्लील शीर्षक राखी अश्लीलता झल्कने भिडियो प्रसारण गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिकोटको पचाल झरना-९ का ४१ वर्षीय भरत तिरुवा छन्।
प्रहरीका अनुसार उनले 'टेन्सन ब्रो' नामक युट्ययुब च्यानलमा अश्लील शीर्षक राखेर भिडियो प्रसारण गरेका थिए। तिरुवालाई शुक्रबार राजधानीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जानकारी दिएको छ।
काठमाडौं जिल्ला अदालतबाट तिरुवालाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति लिइएको छ। तिरुवामाथि हाल अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।