सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • स्वास्थ्य अनुसन्धान परिषद्‍को पहिलो प्रादेशिक कार्यालय सपहीमा

स्वास्थ्य अनुसन्धान परिषद्‍को पहिलो प्रादेशिक कार्यालय सपहीमा

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रदेश २ मा इकाई कार्यालय स्थापना गरेको छ।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

kumari

जनकपुरधाम– नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रदेश २ मा इकाई कार्यालय स्थापना गरेको छ। धनुषाको लक्ष्मिनिया गाउँपालिकास्थित सपहीमा स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो पहिलो प्रादेशिक कार्यालय स्थापना गरेको हो। 

प्रदेश स्वास्थ्य निर्देशनालयको भवनमै स्वास्थ्य परिषदको कार्यालय स्थापना गरिएको छ। प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आइतवार कार्यालयको उद्घाटन गरेका हुन्।

मुख्यमन्त्री राउतले परिषद्को इकाई कार्यालयको उद्घाटनपछि सम्बोधन गर्दै नेपाल अनुसन्धानमा सबैभन्दा पछाडि रहेको बताए। उनले कुनै पनि रोगको उपचारमा लाग्ने औषधिको राम्रोसँग व्यापक रुपमा अनुसन्धान नगरिए सोचे अनुसारको सफलता प्राप्त गर्न नसकिने बताए। उनले संघीय सरकारको मातहतमा रहेको इकाई कार्यालयलाई सहयोग गर्ने आश्वासन पनि दिए। परिषदलाई आवश्यक पर्ने हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तैयार रहने प्रतिवद्धता समेत उनले व्यक्त गरे।

प्रकाशित: Dec 12, 2021| 16:31 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।