बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • यी हुन् चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस उम्मेदवार [सूचीसहित]

यी हुन् चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस उम्मेदवार [सूचीसहित]

यसअघि ५०९ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर आइतबार एक सभापति र एक महामन्त्रीसहित ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उम्मेदवारको संख्या घटेको हो।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा ४९३ जना चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन्। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा ४९३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएको उल्लेख गरिएको छ। 

यसअघि ५४८ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर आइतबार एक सभापति र एक महामन्त्रीसहित ५५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उम्मेदवारको संख्या घटेको हो। 

उम्मेदवारी फिर्ता लिनेमा सभापतिका उम्मेदवार युवराज न्यौपाने र सहमहामन्त्रीका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलगायत छन्।

मिडिया सेन्टरका संयोजक सुरेश आचार्यका अनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि मनोनयन दर्ता गराएका ५५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। 

केन्द्रीय सदस्यमा उम्मेदवारी फिर्ता लिनेमा मीनबहादुर विश्वकर्मा, तिलकप्रसाद सुब्बा, राजेन्द्र बहादुर गोर्खालीलगायत छन्।

यस्तो छ सूची

प्रकाशित: Dec 12, 2021| 15:37 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...