काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेप्सेमा ८८ अंकको पहिरो देखिएको छ। नेप्सेमा ८८.७ अंकले घटेर २३६१.२७ अंकमा आइपुगेको हो।
आइतबार सबै उपसूचकहरू घटेका छन्। सबैभन्दा बढी व्यापार समूहको उपसूचक ७.४५ अंकले घटेको छ। यस्तै विकास बैंकहरूको उपसूचक ६.४१ अंकले घटेको छ।
आइतबार कारोबार रकममा पनि कमी आएको छ। २२८ कम्पनीका ५१ हजार ५४४ पटकमा ३ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ बराबरको सेययर कारोबार भएको छ। आइतबार जम्मा ७४ लाख ६० हजार ८७४ कित्ता सेयर कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी स्वाभिमान लघुवित्तका लगानीकर्ताले २ प्रतिशत कमाएका छन्। उता नयाँ सारथी नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन्।