बिहीबार, भदौ ४, २०८३

यस्तो बन्यो एमाले स्थायी कमिटी

नेकपा (एमाले)ले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं– नेकपा (एमाले)ले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। आइतबार बसेको केन्द्रीय कमिटी बैठकले १९  पदाधिकारीमा २६ जना थपेर स्थायी कमिटी गठन गरेको हो। 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यका लागि घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीमप्रसाद आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्तलगायतको नाम प्रस्ताव गरेका छन्। 

त्यसैगरी भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की पनि स्थायी कमिटीमा परेका छन्।

पूर्व माओवादीतर्फबाट मणि थापा र प्रभु साह पनि स्थायी कमिटीमा समेटिएका छन्। प्रस्तावित नाममाथि जारी केन्द्रीय कमिटी बैठकमा छलफल जारी छ। ओलीले प्रस्ताव गरेको सूची पारित हुने एक केन्द्रीय सदस्यले बताए। 

प्रकाशित: Dec 12, 2021| 17:00 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...