काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका शेखर कोइराला र महामन्त्री शशांक कोइरालाले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। अनुपम फुडल्यान्डमा आइतबार साँझ पत्रकार सम्मेलन गरी उनीहरुले चुनावी विषयमा जानकारी दिन लागेका हुन्।
शशांकले रामचन्द्र पौडेललाई समर्थन गर्दै उम्मेदवारी नदिने घोषणा गरेका थिए। तर पछि पौडेलले पनि उम्मेदवारी नदिएपछि उनी कुन पक्षमा खुल्छन् भन्ने खुल्दुली कांग्रेसका नेता कार्यकर्तालाई भएको थियो। यसका साथै नेतृ सुजाता कोइराला पनि प्रकाशमान सिंह पक्षमा खुलेपछि शशांकको रोजाइलाई चासोका साथ हेरिएको थियो।
यद्यपि पत्रकार सम्मेलनको विषयमा भने दुवै नेताहरूले विस्तृत रूपमा खुलाएका छैनन्।