अझै विषेश रुपमा हेर्ने हो भने मछिन्द्रका स्टार स्ट्राइकर विमल घर्तीमगरले चोटमुक्त हुँदै पहिलो गोल पनि यहि चरणमा गरे। त्यस्तै, अहिलेसम्म लिगमा चार टिम अपराजित छन् भने दुई टिमले लिगमा...
'प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन गर्नका लागि गर्नु भएको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाड्ढँलाई समर्थन गर्ने...
पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदैछ।
आज मंगलबार सेयर बजारले छलाङ मारेको छ। उच्च वृद्धिपछि दिउँसो साढे १ बजे नै आजका लागि कारोबार बन्द भएको छ। आज नेप्ने १३७.१८ अंकले बढेर २४१८ अंकमा उक्लिएको छ।
सरकारले रासायनिक मलमा सहुलियत दिइरहेको भए पनि अर्गानिक मलमा सुविधा दिएको छैन। किसानहरूले अर्गानिक मलमा सहुलियत नदिए अर्गानिक प्रणालीलाई टिकाइ राख्नै नसक्ने बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले विदेशीको रणनीतिअनुसार नेपाललाई अस्थिरतामा लैजान सत्तारुढ गठबन्धन क्रियाशील रहेको आरोप लगाएका छन्।
पहिलो चरणमा भएको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका पाँच जनामध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको निर्वाचन गर्न लागिएको कांग्रेस निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताए।
मंगलबार बिहान चाक्सीबारीमा भएको भेटवार्तामा सभापतिको निर्वाचनमा सिंहले देउवालाई समर्थन गर्ने सहमति भएको हो। शर्मा सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन्।