काठमाडौं- मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धिपछि सर्किट ब्रेक लागेको छ। १२ बजेर ३८ मिनेट जाँदा अघिल्लो दिनको तुलनामा ५ प्रतिशतले बढेपछि बजारमा सर्किट लागेको छ। सो बेलासम्म ११४.२५ अंकले नेप्से बढेर २३९५ अंकमा पुगेको थियो।
सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेटसम्मका लागि बन्द भएको छ। दिनभर ६ प्रतिशतसम्म नेप्से बढ्न वा घट्न सक्नेगरीमा सर्किट ब्रेकरको सीमा तोकिएको छ।