आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएम कप महिला क्रिकेटको उद्घाटन खेलमा प्रदेश १ र कर्णाली भिड्ने

पीएम कप महिला क्रिकेटको उद्घाटन खेलमा प्रदेश १ र कर्णाली भिड्ने

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट आगामी पुस ३ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु हुने भएको छ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट आगामी पुस ३ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले महिला पिएम कप पुसको ३ देखि ११ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो।

कोभिड महामारीले लामो समय स्थगित भएका प्रतियोगिता पछिल्लो वर्ष दाङको लमही क्रिकेट मैदानमा आयोजना भएको थियो। अहिले नयाँ संस्करणको प्रतियोगिता लमहीमा आयोजना हुन लागेको हो।

प्रतियोगितामा समूह ए मा चार र समूह बीमा चार गरी ८ समूह रहेका छन्। जहाँ हरेक प्रदेशको एक समूह छ भने त्यसबाहेक विभागीय टिम एपीएफ पनि छ।

समूह एमा प्रदेश १, लुम्बिनी, बागमती र कर्णाली प्रदेश रहेका छन्। त्यस्तै, समूह बीमा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम, गण्डकी र प्रदेश २ रहेका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशको सामना गर्नेछ। त्यस्तै, पहिलो दिनको दोस्रो खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्नेछ। समूह चरणका खेल पुस ८ गते सकिनेछ। त्यस्तै, ९ गते ब्रेक रहेको छ। समूहमा शीर्ष दुई स्थानमा रहेका टिमले सेमिफाइनलमा खेल्न पाउनेछन्।

सेमिफाइनलमा जित निकाल्ने टिम उपाधिका लागि भिड्नेछन्। फाइनल खेल पुस ११ गते फाप्लामै हुनेछ।

प्रकाशित: Dec 14, 2021| 13:06 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।