शुक्रबार, असोज १६, २०८३

सेयर बजारमा उछाल, समय छँदै कारोबार बन्द

आज मंगलबार सेयर बजारले छलाङ मारेको छ। उच्च वृद्धिपछि दिउँसो साढे १ बजे नै आजका लागि कारोबार बन्द भएको छ। आज नेप्ने १३७.१८ अंकले बढेर २४१८ अंकमा उक्लिएको छ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– आज मंगलबार सेयर बजारले छलाङ मारेको छ। उच्च वृद्धिपछि दिउँसो साढे १ बजे नै आजका लागि कारोबार बन्द भएको छ। आज नेप्ने १३७.१८ अंकले बढेर २४१८ अंकमा उक्लिएको छ। बजारमा एक अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ।

आज कारोबारमा आएका सबै १८८ कम्पनीको सेयर मूल्य बढेको छ। यसअघि १२ः३८ बजे ५ प्रतिशत बढेर सर्किट ब्रेक लागेको थियो। त्यसपछि ४० मिनेटसम्म स्थगित भएर खुलेको बजार केही बेरमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशतले बढेको थियो।

दिनभर ६ प्रतिशतसम्म नेप्से बढ्न वा घट्न सक्नेगरी सर्किट ब्रेकरको सीमा तोकिएको छ। त्यसभन्दा बढी भएका कारोबार नै बन्द गर्ने प्रावधान छ।
आइतबार र सोमबार भने नेप्से उच्च अंकले घटेको थियो। आइतबार र सोमबार भने नेप्से उच्च अंकले घटेको थियो। शनिबार नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सेयर बजार साम्राज्यवादको उन्नत रुप भएको टिप्पणी गरेका थिए। उनको टिप्पणीपछि बजार ओरालो लागेको हो। आइतबार ८८ र सोमबार ७९ अंकले बजार घटेको थियो। 
प्रकाशित: Dec 14, 2021| 13:41 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्