विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन्। उनको १० हजार पाँच सय अङ्क रहेको छ।
नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ।
उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन्। आदिवासी जनजाति संघ र नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र...
लुम्बिनी प्रदेशमा एमालेको जिल्ला नेतृत्वको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ। पार्टीभित्रै गुटउपगुट र केन्द्रीय नेताहरूको प्रभावका कारण नेतृत्वबाट पाखा लगाइएको भन्दै लुम्बिनीका केही जिल्लामा नेताहरूले असन्तुष्टि पोख्दै नेतृत्वको आलोचना गरेका...
त्रिविका पूर्वउपकुलपति हीराबहादुर महर्जनले दूतावासले सहयोग गरेर आफ्नो विदेश नीति कार्यान्वयन गर्ने सम्झौता सही नभएको बताए। उनले भने, 'यो सिद्धान्त: ठिक भएन। यो अभ्यास गलत छ।'
टोटेनहम हट्स्परलाई हराउँदै चेल्सी ईएफएल कपको फाइनलमा पुगेको छ। बुधबार राति भएको दोस्रो लेगको सेमिफाइनल खेलमा चेल्सीले टोटेनहमलाई १–० गोलअन्तरले हराएको हो।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेटमा बिहीबार पनि चार खेल हुँदैछन्। बिहीबारका दुई खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछन् भने बाँकी दुई खेल मुलपानी मैदानमा हुँदैछन्।
फाइनल खेलमा इन्टरको जितका लागि लाउतारो मार्टिनेज र एलेक्स सान्जेजले गोल गरेका हुन्। यता खेलको २५औं मिनेटमै युभेन्टसका वेस्टोन म्याक केनिनले गोल गर्दै खेलमा अग्रता बनाएका थिए।
हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसले गर्दा काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी परेको छ।
निजी क्षेत्रका अस्पतालहरूले पनि कोभिड-१९ विरुद्धको खोपकेन्द्र सञ्चालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते बिहीबारदेखि खोप केन्द्र सञ्चालन गर्ने भएको छ।