आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ भेरिएन्ट फैलिएका देशमा भ्रमण नगर्न अध्यागमनको आग्रह

नयाँ भेरिएन्ट फैलिएका देशमा भ्रमण नगर्न अध्यागमनको आग्रह

अध्यागमन विभागले कोरोनाको नयाँ भेरिएन्ट फैलिएका देशमा अत्यावश्यक नभई भ्रमण नगर्न आग्रह गरेको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- अध्यागमन विभागले कोरोनाको नयाँ भेरिएन्ट फैलिएका देशमा अत्यावश्यक नभई भ्रमण नगर्न आग्रह गरेको छ।

नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक जोखिमयुक्त देशको यात्रा नगर्न विभागले अनुरोध गरेको हो। सरकारको निर्णयअनुसार विभागले अर्को व्यवस्था नभएसम्मका लागि सचेत हुन विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

ओमिक्रोन भेरिएन्ट देखिएका देश (दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलाबी र हङकङ)बाट आउने वा ती देशलाई ट्रान्जिट बनाइ नेपाल आउने यात्रुलाई गएको मङ्सिर १६ देखि नै नेपाल प्रवेशमा रोक लगाइएको छ। यो निर्णय यथावत् राखिएको पनि विभागले जनाएको छ।

विभागले तोकिएका नौ देश र अन्य कोरोनाको उच्च जोखिम भएका देशबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा पनि विशेष व्यवस्था गरेको छ।

प्रकाशित: Jan 13, 2022| 09:53 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।