काठमाडौं– धादिङमा पहिरोले डोजर पुर्दा तीनजना बेपत्ता भएका छन्।
जिल्लाको रुबीभ्याली गाउँपालिका–१ मा सडक खन्दै गर्दा पहिरो खसेर डोजर पुरिएको हो। बेपत्ता हुनेमा डोजरका चालक, सहचालक र निर्माण कम्पनीका कर्मचारी रहेको बताइएको छ।
घटना आज बिहान ८ बजेतिरको हो। घटनाबारे स्थानीयले जानकारी गराउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर उद्धार सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।