काठमाडौं- पाल्पामा पतिपत्नी सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। निस्दी गाउँपालिकाको सिन्धुरेमा बुधबार लु६प १५२३ नम्बरका मोटरसाइकल दुर्घटना हुँदा निस्दी–७ निवासी ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा गाहाकी पत्नी निरमाया घाइते भएकी छन्। सिन्धुरेमा किराना पसल सञ्चालन गर्दै आएका गाहा पत्नी निरमायालाई लिएर मोटरसाइकलमा घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए।
निरमायाको टाउकोमा चोट लागेको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।