काठमाडौं- इटालियन सुपर कपको उपाधि इन्टर मिलानले जितेको छ। इन्टरकै सान सिरो मैदानमा भएको फाइनल खेलका घरेलु टिमले युभेन्टसलाई २-१ गोलअन्तरले हराउँदै उपाधिमा आफ्नो नाम लेखाएको हो।
फाइनल खेलमा इन्टरको जितका लागि लाउतारो मार्टिनेज र एलेक्स सान्जेजले गोल गरेका हुन्। यता खेलको २५औं मिनेटमै युभेन्टसका वेस्टोन म्याक केनिनले गोल गर्दै खेलमा अग्रता बनाएका थिए।
त्यसको १० मिनेटपछि इन्टरले पेनाल्टी जित्यो। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै मार्टिनेजले खेललार्इँ बराबरीमा ल्याए। पहिलो हाफमा बराबरी भएको खेल निर्धारित ९० मिनेटसम्म नै बराबरीको अवस्थामा रह्यो।
३० मिनेट समय थप समयमा इन्टर मिलानले गोल गर्न सक्यो। इन्टरका एलेक्सले गोल गर्दै युभेन्टसबाट उपाधि खोसेका हुन्।