शनिबार, जेठ २, २०८३

नेपालमा ३७.८ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

त्यस्तै १८ बर्ष भन्दा माथिका लक्षित जनसंख्यालाई आधार मान्ने हो भने ७८ प्रतिशतले एक डोज र ५८ प्रतिशतले पूर्ण डोज पाएका छन्।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

National life

काठमाडौं- नेपालमा कुल जनसंख्याको ५० प्रतिशत भन्दा धेरैले कोभिडविरुद्धको पहिलो डोज खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ५०.५ प्रतिशतले पहिलो डोज लगाएका छन् भने ३७.८ प्रतिशतले पूर्ण खोप पाएका  छन्।

त्यस्तै १८ बर्ष भन्दा माथिका लक्षित जनसंख्यालाई आधार मान्ने हो भने  ७८ प्रतिशतले एक डोज र ५८ प्रतिशतले पूर्ण डोज पाएका छन्। 

हालसम्म २ करो ६७ लाख ९९ हजार २७४ डोज खोप लगाइएको छ। सरकारले पुस मसान्तसम्म कुल जनसंख्याको ६६ प्रतिशत र चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई खोप दिने सरकारको लक्ष्य छ। 

प्रकाशित: Jan 13, 2022| 11:15 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्