शुक्रबार, चैत ६, २०८२

अब नर्भिकमा पनि कोभिड-१९ खोपकेन्द्र

निजी क्षेत्रका अस्पतालहरूले पनि कोभिड-१९ विरुद्धको खोपकेन्द्र सञ्चालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते बिहीबारदेखि खोप केन्द्र सञ्चालन गर्ने भएको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- निजी क्षेत्रका अस्पतालहरूले पनि कोभिड-१९ विरुद्धको खोपकेन्द्र सञ्चालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते बिहीबारदेखि खोप केन्द्र सञ्चालन गर्ने भएको छ। 

National life

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड-१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोपकेन्द्र सञ्चालन गर्ने भएको हो। 

सरकारी स्वास्थ्य संस्थाको सहकार्यमा खोपकेन्द्र सञ्चालन गर्न लागिएको हो। स्वास्थ्यमन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रूपमा खोपकेन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए। 

साबिकको ज्वरो क्लिनिक परिसरमा व्यवस्थित ढंगले खोप अभियान सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मिश्रले बताए। 

उनकाअनुसार स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी व्यवस्थित ढंगले खोप अभियान सञ्चालन हुनेछ। 

Laxmi sunrise bank
kumari

नर्भिकमा हाल कोभिशिल्ड र भेरोसेल गरी दुई खालका खोप उपलब्ध हुनेछन्। सर्वसाधारणले नर्भिकको खोप केन्द्रमा आएर सुरक्षित ढंगले खोप लगाउनसक्नेछन्।

प्रकाशित: Jan 13, 2022| 07:40 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्