काठमाडौं- नेकपा एमाले अछामको अध्यक्षमा चन्द्रबहादुर बोहरा वियजी भएका छन्। अध्यक्ष केपी शर्मा ओली निकट बोहोराले नेता भीम रावल पक्षीय उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गरेका हुन्।
७५० मतमा खसेकोमा बोहराले ४३१ मत ल्याएर जित हासिल गरे। उता शाहले ३०७ मत मात्र पाए। बोहरा र शाह प्यानल नै बनाएर निर्वाचन होमिएका थिए।
उपाध्यक्षमा शाह प्यानलका बलबहादुर कुँवर विजयी भएका छन्। सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल (कालोटोपी) विजयी भएका छन्।
दुई उपसचिवको पदमा सात जनाको उम्मेदवारी परेकोमा बोहरा पक्षका डम्बर वीसी र शाह पक्षका प्रेम महर विजयी भएका छन्।
भूगोल (स्थानीय तह), महिला, दलित, अल्पसं ख्यक, जनजाति र अपांगको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।