आइतबार, साउन ३१, २०८३

नक्कली नोटसहित दुई जना पक्राउ

नेपाली र भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

 काठमाडौं- नेपाली र भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो। सदरमुकाम परासीका केहि पसलमा नक्कली नोट सटही गरेको भन्ने सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ बस्ने रसिद मोहम्मद र कपिलवस्तु शुद्धोदन गाउँपालिका-२ नन्दपुर बस्ने जमाल मुसलमान रहेका छन्।

उनीहरूलाई रामग्राम नगरपालिका-५ बद्धचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूको साथबाट नेपाली १ हजारको २५ थान, भारतीय १ सयको ३ थान र भारतीय ५० को १७ थान नक्कली नोट बरामद गरिएको छ।

प्रकाशित: Jan 13, 2022| 09:46 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।