शनिबार, असार २०, २०८३

बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा

रियलको जितका लागि करिम बेञ्जिमा, भिनिसियस जुनियर र फेडेरिको भालभर्डेले समान १/१ गोल गरेका थिए। खेलको २५औं मिनेटमा गोल गर्दै रियलले अग्रता बनाएको थियो।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- स्पेनिस सुपरकप अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियल मड्रिडले बार्सिलोनालाई हराएको छ। किङ फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा रियलले बार्सिलोनालाई ३-२ गोलअन्तरले हराएको हो।

रियलको जितका लागि करिम बेञ्जिमा, भिनिसियस जुनियर र फेडेरिको भालभर्डेले समान १/१ गोल गरेका थिए। खेलको २५औं मिनेटमा गोल गर्दै रियलले अग्रता बनाएको थियो।

भिनिसियसले बनाएको अग्रतालाई ४१औं मिनेटमा बार्सिलोनाका लुक डि जोङले तोडेका थिए। पहिलो हाफमा १-१ बराबरी भएको खेल दोस्रो हाफमा २-२ को बराबरी भयो।

७२औं मिनेटमा रियलका बेञ्जिमाले गोल गरे भने ३औं मिनेटमा बार्सिलोनाका अन्सु फातिले गोल गरे। यससँगै निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटमध्येको ९औं मिनेटमा भालमर्डेले विजयी गोल गरे। यसँगै रियलले जित निकालेको हो। खेल अवधिभर बार्सिलोनाले ५४ प्रतिशत समय बलमा नियन्त्रण बनाएको थियो।

अब स्पेनिस सुपरकपको अर्को सेमिफाइनलमा बिहीबार राति एट्लेटिको मड्रिडले एथ्लेटिक क्लबको सामना गर्नेछ। फाइनल खेल भने आगामि आइतबार हुनेछ।

प्रकाशित: Jan 13, 2022| 08:05 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।