आइतबार, साउन ३१, २०८३

वीरेन्द्रनगरमा ठुलो क्षमताको अक्सिजन प्लान्ट जडान

करिब डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

वीरेन्द्रनगर- वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ। करिब डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ।

दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो। ‘प्लान्ट नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ, अब सुर्खेतमा अक्सिजनको अभाव हुने अवस्था आउने छैन’, नगरपालिकाका जनस्वास्थ्य शाखा निरीक्षक भूपेन्द्रदेव गिरीले भने, ‘प्लान्ट जडान गरी उत्पादनका लागि तयारी अवस्थामा राखिएको छ, आवश्यक पर्नासाथ सिलिन्डरमा भरिनेछ।’ 

उनका अनुसार प्लान्टबाट २४ घण्टामा ४० लिटरका १५० थान सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ। उत्पादन क्षमता धेरै भएकाले यसले प्रदेशकै मेडिकल अक्सिजन अभाव टार्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। वीरेन्द्रनगरमै प्लान्ट सञ्चालन हुँदा कोरोना संक्रमणका गम्भीर बिरामीदेखि स्वासप्रस्वासमा समस्या भएकालाई उपचारमा निकै राहत हुने जनस्वास्थ्य निरीक्षक गिरीको भनाइ छ। 


प्रकाशित: Jan 13, 2022| 07:30 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।