एमसीसी अनुमोदनका लागि गठबन्धनका दलहरुले असहयोग गर्ने देखिएपछि एक साता अघिदेखि नै देउवाले एमालेसँग निरन्तर छलफल गरिरहेका छन्। देउवा आफैंले पनि एमाले अध्यक्ष ओलीसँग एक साताको बीचमा तीन पटक छलफल...
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग आज साँझ पनि छलफल गर्ने भएका छन्।
‘एमसीसीका सन्दर्भमा गठबन्धनमा सहमति भएन। थप छलफल गर्नु पर्ने भएकाले प्रधानमन्त्रीजीले समय माग्नुभएको हो। सोही अनुरुप बैठक स्थगित भएको हो,’ कांग्रेस सांसद् मीन विश्वकर्माले भने।