आइतबार, कात्तिक ८, २०८३

पललाई सम्झेर पूजा रोएपछि...

सिनेमामा लामो समयदेखि सँगै देखिँदै आएका पल र पूजालाई पर्दामा लभ जोडीका रुपमा पनि लिइन्छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– बुधबार कीर्तिपुर सिनेप्लेक्समा भएको ‘म यस्तो गीत गाउँछु–२’ चलचित्रको प्रिमियरमा नायिका पूजा शर्माले आँसु नै खसाइन्। सञ्चारकर्मीले पल शाहको बारेमा सोध्नेबित्तिकै उनले भक्कानिँदै आँसु खसाएकी थिइन्। 

सिनेमामा लामो समयदेखि सँगै देखिँदै आएका पल र पूजालाई पर्दामा लभ जोडीका रुपमा पनि लिइन्छ। चलचित्र प्रदर्शनको मिति नजिकिँदै गर्दा पूजा उत्साहित थिइन्।। दर्शकले अत्यधिक माया गरेको यो जोडीको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा पल शाह अनुपस्थित रहे।

केही समय अगाडि चलचित्रको प्रचारप्रसारमा पल र पूजा सँगसँगै थिए। पल प्रिमियरमा सहभागी हुनको लागि कान्तिपुर सिनेप्लेक्समा जाने क्रममा नै तनहुँमा उनीमाथि जबरजस्ती करणी गरेको आरोपसहित उजुरी परेको थियो। उनी बाटैबाट फर्किए। रेड कार्पेटमा सँगै जाने योजनामा रहेकी पूजा एक्लै परिन्। 

सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को निर्मात्रीसमेत रहेकी पूजा सञ्चारमाध्यमसँगको अन्तरक्रियामा रोएकी हुन्। उनले रुँदै भनिन्, ‘जोडी भएर मनकामना जानु हुँदैन रहेछ। हाम्रो टिमलाई एउटा बज्रपातले टाउकोमा घेरेजस्तो महसुुस भएको छ। तर पनि जिन्दगीमा दुःखपछि सुख आउँछ भनेर भनिन्छ। मैले दर्शकको आस गरेको छु, राम्रो फिल्म बनाउने कोसिस गरेका छौं। तर फिल्म बनाउँदा यस्तो हुन्छ भन्ने कहिल्यै सोचेनौं।’ 

‘फागुन १३ गते फिल्म रिलिज हुँदैछ भनेर केही न केही उत्साह उमंग छाइरहेको थियो। फेरि कसको नजर लाग्यो थाहा छैन यति गर्दा पनि केही न केही चिजले आँखा लगाएको हो भने म यो क्षेत्रबाट आउट नै हुनुपर्छ जस्तो लाग्छ। किनभने मैले धेरै नै संघर्ष गरिरहेँ जिन्दगीमा र जहिले पनि संघर्ष गर्दागर्दै मिठाइ खान्छु भन्दा ढुंगा परिरहेको हुन्छ मलाई तर पनि मैले हिम्मत हारेको छैन।’

कोरोना महामारीले दुई वर्ष थलिएको चलचित्र क्षेत्र भर्खर तंग्रिएर केही चलचित्र प्रदर्शनमा आउन लागेको थिए। कोरोनाका कारण पटकपटक प्रदर्शन मिति सर्दै जाने क्रममा फागुन १३ गते पूर्जा र पलको चलचित्र प्रदर्शनमा आउन लागेको हो।  

प्रकाशित: Feb 24, 2022| 16:37 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।