मंगलबार, भदौ २, २०८३

संसद‍् भवनमै प्रधानमन्त्री देउवा र ओलीबीच छलफल

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्माबीच छलफल भएको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्माबीच छलफल भएको छ। 

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नै दुई नेताबीच छलफल भइरहेको नेपाली कांग्रेसका एक सांसदले जानकारी दिए। 

छलफलका लागि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेता ओलीको च्याम्बरमा पुगेका थिए। छलफलमा एमाले नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ सहभागी छन्। यस्तै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि सहभागी छन्।  

एमसीसी पारित गराउने पक्षमा सत्ता गठबन्धनका दलहरूले साथ नदिएपछि प्रधानमन्त्री देउवाले ओलीसँग छलफल गरिरेहको बताइएको छ। 

यसअघि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि सार्न प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए। एमसीसीमा प्रमुख प्रतिपक्षी दललाई मनाउनका लागि प्रधानमन्त्रीले सभामुख समक्ष समय माग गरेको कांग्रेसका ती सांसदको भनाइ छ। 

सभामुख सापकोटाले बिहीबारको बैठक स्थगित गरेको सूचना टाँस गरिसकेका छन्। उनले शुक्रबार दिँउसो १ बजेका लागि बैठक बोलाएका छन्। 

प्रकाशित: Feb 24, 2022| 15:01 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...