शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तिम राउन्डको खेलमा सातदोबाटोको जित, हिमालयन शेर्पा र फ्रेन्ड्सको बराबरी

अन्तिम राउन्डको खेलमा सातदोबाटोको जित, हिमालयन शेर्पा र फ्रेन्ड्सको बराबरी

सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलमा जित निकाल्दै सातदोबाटो युथ क्लबले लिगको सुखद् अन्त्य गरेको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलमा जित निकाल्दै सातदोबाटो युथ क्लबले लिगको सुखद् अन्त्य गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा रेलिगेसनमा परेको च्यासल युथ क्लबसँग जित निकाल्दै सातदोबाटोले लिगको सुखद् अन्त्य गरेको हो।

सातदोबाटोको जितमा एकमात्र गोल फरवार्ड अजयी मार्टिन्सले गरे। छैटौं मिनेमा विदेशिको प्रहार सातदोबाटोका मान बहादुर तामाङले बचाए। त्यसको काउण्टर मुभमा मार्टिन्स अजयीले पोस्टको बायाँ कुनामा गोल गरेका थिए। यससँगै सातदोबाटोले अग्रता बनाएको थियो। 

१० औं मिनेट मान बहादुरकै क्रस यान्निक केट्जाले क्लियए गरिदिएका थिए। यो सातदोबाटोले गुमाएको एउटा राम्रो अवसर थियो। २६ औं मिनेटमा निरज चौधरिले पोस्ट अगाडिबाट प्रहार गर्न सकेनन्। मार्टिनबाट पाएको बलमा उनले गरेको प्रहार पोस्टको माथीबाट बाहिरियो।

यता आजको हारसँगै लिगभरी च्यासल भने ५ अंकमा नै समेटिएको छ। ऊ दुई खेल अगावै रेलिगेसनमा परेको थियो। च्यासलले लिगमा एक जित निकाल्दै तीन बराबरी खेल्यो भने बाँकी सबै खेलमा हार बेहार्यो। सातदोबाटोले भने छ जित, तीन बराबरी र चार हारका साथ २१ अंक बनायो।

kumari

यता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमानलय शेर्पा क्लबले फ्रेन्ड्स क्लबसँग अंक बाँडेको छ। खेलमा फेन्ड्सले सुरुआति अग्रता बनाए पनि उसले सो अग्रता जोगाउन सकेन।

यससँगै हिमानयल शेर्पाले १४ अंक बनाएको छ भने फ्रेन्ड्सले ११ अंक जोडेको छ। रेलिगेसमा परेको क्लब छोड्ने हो भने फ्रेन्ड्स तालिकाको पुछारमा रह्यो।

फ्रेन्ड्सले लिगमा दुई जित निकाल्यो भने पाँच बराबरी खेल्दै छ हार बेहोर्यो। यता हिमालयन शेर्पा क्लबले भने तीन जित निकाल्दा पाँच बराबरी र पाँच हार बेहोरेको छ।

प्रकाशित: Feb 24, 2022| 16:42 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।