आइतबार, कात्तिक ८, २०८३

युक्रेनमा रहेका सबै नेपाली सुरक्षित छन् : एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युक्रेनमा रहेका नेपालीको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युक्रेनमा रहेका नेपालीको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ। एनआरएनएले बिहीबार विज्ञप्ति जारी गर्दै अहिलेसम्म त्यहाँ रहेका नेपाली सुरक्षित रहेको जनाउँदै चिन्ता व्यक्त गरेको हो । 

‘युक्रेनमा रहनुभएका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन्। उहाँहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आउनुभएको छ। युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उहाँहरु सबै सकुशल रहनुभएको खबर प्राप्त भएको छ,’ एनआरएनएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

एनआरएनएले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेको छ।  ‘युक्रेनमा ४४ जना विद्यार्थी र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको छ। त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनुहुन अनुरोध गर्दछौं,’ एनआरएनएले भनेको छ।

परराष्ट्र मन्त्रालयले पनि युक्रेनको भ्रमण नगर्न र सकेसम्म स्वदेश फर्कन अनुरोध गरेको छ। त्यहाँ नेपाली दूतावास नभएकाले जर्मनीको बर्लिन वा मस्कोस्थित नेपाली दूतावासमा सम्पर्क गर्न भनिएको छ।

प्रकाशित: Feb 24, 2022| 16:16 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...