आइतबार, मंसिर २१, २०८२

पल भागेको भाग्यै, प्रहरी खोजेको खोज्यै

काठमाडौं प्रहरी श्रोतले भन्यो, ‘एकपटक पलका म्यानेजरले एक ठाउँमा बोलाए, त्यहाँ जाँदा उनले पललाई भगाइसकेछन्। लोकेसन ट्याप गर्द राजधानीमै रहेको देखाउँछ।’
 |  बिहीबार, फागुन १२, २०७८

अनिल यादव

अनिल यादव

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- नाबालिग किशोरीमाथि जर्बजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। जिल्ला अदालत तनहुँबाट पक्राउ पुर्जी जारी भएको २४ घण्टा कटिसक्दा पनि उनी प्रहरीलाई छल्दै भागिरहेका हुन्। 

National life

‘उन (पल शाह)लाई पक्राउ गर्न देशभरका प्रहरी कार्यालयमा सर्कुलर भइसकेको छ,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले नेपाल समयसँग भने, ‘अहिलेसम्म पक्राउ परेका छैनन्। तर, चाँडै पक्राउ पर्छन्। पक्राउ गरेरै छाड्छौं।’

बुधबार पलविरुद्ध नाबालिक गायिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा दिउँसो करिब १२ बजेतिर जाहेरी दर्ता गराएका थिए। पीडित परिवार सुरुमा उजुरी लिएर जिल्ला प्रहरी कार्यालय कास्की पुगेको थियो। तर, अन्तिम पल्ट कसुर भएको ठाउँ तनहुँ रहेको खुलेपछि कास्की प्रहरीले पीडित परिवारलाई तनहुँ पठाएको हो। 

तनहुँको अदालतबाट बुधबार नै पक्राउ पुर्जी जारी भएपछि काठमाडौंमा रहेका पललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यलय तनहुँले महानगरीय प्रहरी परिसर काठमाडौंलाई सहयोग मागेको छ। बुधबार साँझ नै अभिनेता पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु-२’को काठमाडौंस्थित कीर्तिपुरमा प्रिमियर भएको थियो।

काठमाडौं प्रहरी श्रोतले भन्यो, ‘एकपटक पलका म्यानेजरले एक ठाउँमा बोलाए, त्यहाँ जाँदा उनले पललाई भगाइसकेछन्। लोकेसन ट्याप गर्द राजधानीमै रहेको देखाउँछ।’

‘पल प्रिमियरमा आउने तयारीमा थिए। त्यहीँबेला उनीविरुद्ध जोहरी परेको र प्रहरीले खोज्दै गरेको खबर आयो, त्यसपछि उनी कार्यक्रममा आउन सकेनन्, अहिलेसम्म सम्पर्कविहीन छन्,’ फिल्म निकट श्रोतले भन्यो।

Laxmi sunrise bank
kumari

प्रहरीले पलको फोन निरन्तर ट्यापिङमा राखिरहेको छ, त्यही पनि उनी कहाँ छन् पत्ता लगाउन सकेको छैन। ‘हिजो रातभर खोज्यौं तर पक्राउ गर्न सकिएन,’ काठमाडौं प्रहरी श्रोतले भन्यो, ‘एकपटक पलका म्यानेजरले एक ठाउँमा बोलाए, त्यहाँ जाँदा उनले पललाई भगाइसकेछन्। लोकेसन ट्याप गर्द राजधानीमै रहेको देखाउँछ।’

प्रकाशित: Feb 24, 2022| 16:11 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।