बुधबार, असोज १४, २०८३

नेप्से परिसूचक ५८.९९ अंकले घट्यो

साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ। आज नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ विन्दुमा अडिएको छ। 

बजा।मा ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। परिसूचक घटेपनि हिमालयन जनरल इन्सुरेन्स कम्पनीको सेयर मूल्य भने बढेर सकारात्मक सर्किट ब्रेक लागेको छ। 

आज सबै समूहका सूचक घटेका छन्। २२९ कम्पनीको ८४ लाख ९० हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। झन्डै २७ करोड रुपैयाँसहित खरिदबिक्री रकममा नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेको छ। यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र जीवन विकास लघुवित्त रहेका छन्। 

प्रकाशित: Feb 24, 2022| 15:59 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्