काठमाडौं- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३८ सयले घटेर तोलाको २ लाख ९० हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ३ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४३९५ मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ४५१० मा कारोबार भएको थियो।