काठमाडौ। चालू आर्थिक वर्ष २०८३/०८४ को दुई महिनामा २० वाणिज्य बैंकहरूको निक्षेप संकलनमा वृद्धि भएको छ। गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालू आवको भदौ मसान्तसम्म २० वाणिज्य बैंकको कुल निक्षेप ६७ अर्ब ३४ करोड रुपैयाँले बढेको हो।
गत आवको असार मसान्तसम्म २० वाणिज्य बैंकले कुल ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए। चालू आवको भदौ मसान्तसम्म आइपुग्दा कुल निक्षेप बढेर ७५ खर्ब ६५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। दुई महिनाको अवधिमा बैंकहरूको कुल निक्षेप करिब शून्य दशमलव ९ प्रतिशतले बढेको देखिन्छ।
भदौमा २० वाणिज्य बैंकमध्ये १४ वटा बैंकको निक्षेप बढेको छ भने, ६ वटा बैंकको निक्षेप घटेको छ। निक्षेप संकलनका आधारमा सबैभन्दा अगाडि रहेको ग्लोबल आइएमई बैंकको निक्षेप ६३ करोड रुपैयाँले बढेर ७० खर्ब १० अर्ब ७ करोड रुपैयाँ पुगेको छ।
असार मसान्तमा बैंकको निक्षेप ७० खर्ब ४ करोड ४० लाख रुपैयाँ रहेको थियो। दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप १२ अर्ब २३ करोड रुपैयाँले बढेर ६९ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।
असार मसान्तमा बैंकको निक्षेप ६८ खर्ब १६ अर्ब ३० करोड रुपैयाँ थियो। तेस्रो स्थानमा रहेको नबिल बैंकको निक्षेप १८ अर्ब ६८ करोड रुपैयाँले बढेको छ। बैंकको निक्षेप असारमा ६० खर्ब १८ अर्ब ८८ करोड रुपैयाँ रहेकामा भदौ मसान्तसम्म ६२ खर्ब ५ करोड ६० लाख रुपैयाँ पुगेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप भने ४९ करोड रुपैयाँले घटेर ५२ खर्ब ८६ अर्ब ७० करोड, लक्ष्मी सनराइज बैंकको निक्षेप ३ अर्ब ७५ करोड रुपैयाँले बढेर ४३ खर्ब २५ अर्ब १० करोड, नेपाल बैंकको निक्षेप ६ अर्ब ७४ करोड रुपैयाँले बढेर ४२ खर्ब ३१ अर्ब २० करोड रुपैयाँ, हिमालयन बैंकको निक्षेप ३ अर्ब ८५ करोड रुपैयाँले बढेर ३६ खर्ब ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।
प्रभु बैंकको निक्षेप भने ३ अर्ब ७० करोड रुपैयाँले घटेर ३४ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ। कृषि विकास बैंकको निक्षेप ८ अर्ब ९० करोड रुपैयाँले घटेर ३४ खर्ब २८ अर्ब ८० करोड रुपैयाँमा झरेको छ।
सिद्धार्थ बैंकको निक्षेप ७० करोड रुपैयाँले बढेर ३३ खर्ब २२ अर्ब, एनआईसी एशिया बैंकको १३ अर्ब ९० करोड रुपैयाँले घटेर ३३ खर्ब १८ अर्ब, एभरेष्ट बैंकको भने १२ अर्ब ५५ करोड रुपैयाँले बढेर ३३ खर्ब ९ अर्ब, एनएमबी बैंकको १ अर्ब ६३ करोड रुपैयाँले घटेर ३१ खर्ब ६३ अर्ब ४० करोड रुपैयाँमा झरेको छ।
प्राइम बैंकको निक्षेप ९ अर्ब ३ करोड रुपैयाँले घटेर २७ खर्ब ४३ अर्ब, सानिमा बैंकको २ अर्ब ७८ करोड रुपैयाँले बढेर २५ खर्ब २७ अर्ब १० करोड रुपैयाँ पुगेको छ।
माछापुच्छ्रे बैंकको निक्षेप १ अर्ब ९६ करोड रुपैयाँले बढेर २२ खर्ब ४० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप ५ अर्ब ८६ करोड रुपैयाँले बढेर १५ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
