बुधबार, चैत ४, २०८२

कोभिडको बुस्टर डोज १० लाखले लगाए

कोभिड–१९ विरुद्धको खोेप अभियान अन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन्।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– कोभिड–१९ विरुद्धको खोेप अभियान अन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन्।

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार आजसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका छन्। 

मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ३८ हजार १५१ पहिलो मात्रा खोप लगाएका छन्। यस्तै एक करोड ७२ लाख ३५ हजार ९३८ ले पूर्णमात्रा खोप लगाएका छन्। हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घन्टामा कूल सात हजार ७४३ नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको छ। हालसम्म नेपालमा नौ लाख ५४ हजार ९०३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

आज ५६२ जना कोरोनामुक्त भएका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ६७८ छ । सक्रिय सङ्क्रमितमध्ये नौ हजार ४०६ होम आइसोलेसन, २७२ संस्थागत आइसोलेसन, ९३ आइसियू र १७ जना भेन्टिलेटरमा छन्। 

Laxmi sunrise bank
kumari

आज कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण ११ हजार ९३१ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्। यस्तै मोरङ, झापा, सुनसरी, धनुषा, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र कैलालीमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

प्रकाशित: Feb 24, 2022| 18:41 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्