बुटवल उपमहानगरले आन्तरिक स्रोत वृद्धि गर्न लागि नदीजन्य पदार्थको उत्खनन आफैंले गर्ने नीति अगाडि सारेको छ। बुधबार नगरप्रमुख खेलराज पाण्डेले आर्थिक वर्ष ०७९-८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आफैंले...
घटनाबारेमा छानबिन समितिले बुधबारदेखि काम थालेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए। ‘आजदेखि काम शुरु भएको छ, के भयो हो, घटनाक्रम बुुझ्ने काम भइरहेको छ,’ उनले भने।
सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले किसानलाई मल र विद्यार्थीलाई पुस्तक समयमा उपलब्ध गराउन नसकेको भन्दै सम्बन्धित मन्त्रीप्रति आक्रोश व्यक्त गरेका छन्।
अस्तव्यस्त खुला विश्वविद्यालयमा डिन नियुक्त नहुँदा ३ महिनामै निस्कनुपर्ने नतिजा ९ महिनासम्म सार्वजनिक हुन सकेको छैन। विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि गरी तीन संकायका विद्यार्थी अध्ययनरत छन्।
काठमाडौं महानगरपालिकामा हैजाका बिरामी पुष्टि भएपछि काठमाडौं महानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र चिकित्सकको टोलीले हैजाको कारण पत्ता लगाउनका लागि काम सुरु गरेको छ।