मंगलबार, साउन २६, २०८३

गठबन्धनले हाम्रो बहुत अपमान गर्‍यो : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको गुनासो गरेका छन्।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको गुनासो गरेका छन्।

बुधबार समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउनेजति सिट र मत प्राप्त गर्न नसकेको दाबी गरे।

नेता खनालले आफ्नो पार्टीमा झन्डै २० लाख कार्यकर्ता रहेको दाबी गरे। उनले अहिलेको स्थानीय तह सदस्य निर्वाचनमा प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै देशको हितको लागि नमुना काम गर्नुपर्ने बताए।

खनालले भने, ‘अहिले हामी नौ लाख मतदाता छन् हाम्रा भन्छौं, तर नौ होइन २० लाखभन्दा बढी मत छ हाम्रो। त्यो २० लाख मत हामीले संकलन गर्न सकेनौँ। यसमा हाम्रा पनि केही त्रुटी कमजोरीहरु रहे। र त्यो गठबन्धन भन्ने जुन छ, त्यसले हामीलाई त बहुत अपमान गर्यो। अपमानपूर्ण ढंगले व्यवहार गरिएको हुनाले हामीले प्राप्त गर्नुपर्ने जति मत पनि प्राप्त गर्न सकेनौँ। त्यति सिट पनि प्राप्त गर्न सकेनौँ। यी कमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यक्ता छ।’

नेता खनालले रुस र युक्रेनको युद्धका कारण देखाउँदै सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरुद्धमा आफ्नो पार्टी रहेको बताए। उहाँले नेकपा एस मूल्यवृद्धिको पक्षमा नरहेको भन्दै सरकारले अविलम्व मूल्यवृद्धि फिर्ता लिनुपर्ने बताए।

नेता खनालले नेपालको सीमा अंकित गर्ने कुरामा आवाज उठाउनुपर्ने आवश्यक्ता रहेको बताए। उनले फोहोरको समस्या समाधानका लागि अविलम्व आवाज उठाउनुपर्ने र आम जनताले निर्वाचन लड्न सक्ने अवस्था बनाउन आवश्यक रहेको पनि बताए।


प्रकाशित: Jun 22, 2022| 17:45 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...