मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • '१० करोड डिल'को अडियोमा मुछिएका न्यायाधीशमाथि छानबिन गर्न समिति गठन

'१० करोड डिल'को अडियोमा मुछिएका न्यायाधीशमाथि छानबिन गर्न समिति गठन

जेलमा रहेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घूस लेनदेनसम्बन्धी अडियोबारे छानबिन गर्न समिति गठन भएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– जेलमा रहेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घूस लेनदेनसम्बन्धी अडियोबारे छानबिन गर्न समिति गठन भएको छ। बुधबार बसेको न्याय परिषद्को बैठकले तीन सदस्यीय छानबिन समिति गठनको निर्णय गरेको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिनका लागि न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।

न्युज २४ टिभीले न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रशारण गरेको थियो।

न्यायाधीश कोइरालाले भने आफूबाट कुनै अनुचित काम नभएको दाबी गरेका छन्। विभिन्न दबाब र प्रभावका बाबजुद पनि आफूले निष्पक्ष भूमिका निर्वाह गरेको पनि कोइरालले उल्लेख गरेका छन्। आफूमाथि न्याय परिषद्‌बाट छानबिन भए पूर्ण सहयोग गर्ने कोइरालाको भनाइ छ।   

उता, प्रकरणमा मुछिएका अधिवक्त पोखरेलले पनि आफूमाथि षड्यन्त्र भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। 

प्रकाशित: Jun 22, 2022| 16:25 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।