आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेञ्चुरी कमर्सियल बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच व्यावसायिक सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच व्यावसायिक सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच स्मार्ट क्यूआर कोड प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच स्मार्ट क्यूआर कोड प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ।

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘सेन्चुरी पे’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्न सक्नेछन्।

उक्त सम्झौतापत्रमा स्र्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र बैंकका प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका हुन्।

प्रकाशित: Jun 22, 2022| 17:53 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्