मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीशसँगको अडियो प्रकरण ममाथिको षड्यन्त्र : अधिवक्ता पोखरेल

न्यायाधीशसँगको अडियो प्रकरण ममाथिको षड्यन्त्र : अधिवक्ता पोखरेल

अधिवक्ता रुद्रप्रसाद पोखरेलले न्यायाधीशसँगको आफ्नो अडियो संवादको छानबिन गर्न माग गरेका छन्।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– अधिवक्ता रुद्रप्रसाद पोखरेलले न्यायाधीशसँगको आफ्नो अडियो संवादको छानबिन गर्न माग गरेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग गरेको संवाद सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत छानबिनको माग गरेका हुन्।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच ठगी आरोपित इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइ गरिएको भिडियो हिजो मंगलबार सार्वजनिक भएको थियो। 

आज दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले नेपाल बार एसोसिएसन र बार काउन्सिलबाट हुने छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएका छन्।

‘हाललाई म नेबाएको सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने गरी मैले स्वयं सदस्यता स्थगन गरेको छु र कानुन व्यवसायीको हैसियतले कुनै पनि मुद्दाको बहस पैरवी तथा परामर्शमा सहभागी नहुने गरी स्वयंलाई निलम्बन गरेको छु। मउपर भएको षड्यन्त्रउपर कानुनी उपचारको खोजीमा छु।’ 

प्रकाशित: Jun 22, 2022| 16:07 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।