शुक्रबार, जेठ १, २०८३

कांग्रेस उपसभापति गुरुङले मागे कृषि र शिक्षामन्त्रीको राजीनामा

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले किसानलाई मल र विद्यार्थीलाई पुस्तक समयमा उपलब्ध गराउन नसकेको भन्दै सम्बन्धित मन्त्रीप्रति आक्रोश व्यक्त गरेका छन्।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

National life

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले किसानलाई मल र विद्यार्थीलाई पुस्तक समयमा उपलब्ध गराउन नसकेको भन्दै सम्बन्धित मन्त्रीप्रति आक्रोश व्यक्त गरेका छन्। साथै उनले मल र पुस्तक दिन उपलब्ध गराउन नसक्ने मन्त्रीको राजीनामा पनि मागेका छन्।

उपसभापति गुरुङले ट्विट गर्दै भनेका छन्, ‘राजनीतिको विकृत रुप ! किसानलाई समयमा मल दिन नसक्ने, विद्यार्थीलाई समयमा किताब दिन नसक्ने। तैपनि मन्त्री पदमा टाँसिरहने। जिम्मेवारी पूरा गर्न नसकेपछि राजीनामा दिने ‘पोलिटिकल कल्चर’ मरिसकेकै हो त? लोकतन्त्र गफाडीहरुको गफ गर्ने थलो हैन। जनउत्तरदायी बन्न नसके लोकतन्त्र कमजोर हुन्छ।’

प्रकाशित: Jun 22, 2022| 17:33 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्