शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीश-वकिल घूस डिल प्रकरण : न्यायाधीश कोइरालालाई काम गर्न रोक, छानबिन समिति गठन

न्यायाधीश-वकिल घूस डिल प्रकरण : न्यायाधीश कोइरालालाई काम गर्न रोक, छानबिन समिति गठन

वकिलसँग १० करोड घुस डिल गरेको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन्।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९
National life
Shivam cement

काठमाडौं- वकिलसँग १०  करोड घुस डिल गरेको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कामकाज गर्न रोक लगाइएको छ। बुधबार बसेको न्याय परिषद् बैठकले न्यायाधीश कोइरालालाई बिहीबारबाट निलम्बन गर्ने र बुधबारबाटै कार्यसम्पादनमा रोक लगाउने निर्णय गरेको हो। 

कोइरालामाथि छानबिन गर्न न्यापरिषद्ले छानबिन समितिसमेत गठन गरेको छ। समितिमा रामप्रसाद श्रेष्ठ संयोजक र उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी तथा न्यायाधीश महेश शर्मा पौडेल सदस्य छन्। छानबिन गरी अध्ययन प्रतिवेदन पेस गर्न समितिले ४५ दिनको समय पाएको न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। 

अधिवक्ता रुद्र पोखरेलले पनि अडिओबारे छानबिनको माग गर्दै हाललाई कुनै मुद्दाको बहस पैरवी नगर्ने भन्दै स्वनिलम्बनको घोषणा गरेका छन्।

प्रकाशित: Jun 22, 2022| 17:45 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।